नियम
कोष सञ्चालन समिति

६. कोष सञ्चालन समितिः

(१) कोष सञ्चालन तथा व्यवस्थापन गर्नको लागि देहाय बमोजिमको एक कोष सञ्चालन समिति रहनेछः–

(क) उपाध्यक्ष, राष्ट्रिय योजना आयोग – संयोजक
(ख) सचिव, गृह मन्त्रालय – सदस्य
(ग) सचिव, स्थानीय विकास मन्त्रालय – सदस्य
(घ) सचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय – सदस्य
(ङ) सचिव, जलश्रोत मन्त्रालय – सदस्य
(च) सचिव, कृषि तथा सहकारी मन्त्रालय – सदस्य
(छ) सचिव, भौतिक योजना तथा निर्माण मन्त्रालय – सदस्य
(ज) सचिव (समन्वय), प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय –सदस्य–सचिव

(२) समितिको बैठक जुनसुकै वखत समितिको संयोजकले तोकेको ठाउ“, मिति र समयमा बस्नेछ ।
(३) समितिको बैठकको अध्यक्षता समितिको संयोजकले गर्नेछ ।
(४) समितिले आवश्यकता अनुसार अन्य सरकारी वा गैर सरकारी क्षेत्रमा कार्यरत जुनसुकै कर्मचारी वा व्यक्तिलाई समितिको बैठकमा आमन्त्रण गर्न सक्नेछ ।
(५) समितिको बैठक सम्बन्धी अन्य कुरा समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।